National life

आजबाट प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु : सूचीकृत सेयर कित्ता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
516Shares
आजबाट प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु : सूचीकृत सेयर कित्ता कति ?
ncell

काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार (आज) मंगलबारदेखि सुरु भएको छ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मर्जर प्रयोजनका लागि रोक्का गर्नुअघि प्रभु लाइफको सेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो। सोही मूल्यबाट प्रभु महालक्ष्मी लाइफको कारोबार खुलेको हो ।

साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा मर्ज भई बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सेयर सूचीकृत भएसँगै कारोबार सुरु भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेमा कम्पनीको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको सयर कारोबार फुकुवा गरेको छ । साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका थिए । एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको सेयर कारोबार रोक्का गरेको थियो । उता महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन।

यसैगरी, पुस ९ गतेदेखि कम्पनीको कुल ३ करोड १ लाख १ हजार ७० हजार कित्ता संस्थापक सेयरमा लकइन अवधि समाप्त हुन लागेको छ । यसैगरी, सर्वसाधारण समूहबाट कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ताको पनि सोही अवधिमा लकइन समाप्त हुने छ ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?