National life
cg eloctronics

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा, बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
453Shares
आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा, बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने
ncell

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ।

भोटो जात्रालाई करिब आठ सय वर्ष अघिसम्म जावलाखेलको जात्राको नामले चिनिन्थ्यो। जा ९भात० वला ९छर्ने० भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको मानिन्छ। किंवदन्ती अनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे।

डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले।

मनुष्यरूपी भूत आएर भोटो लग्यो। किसानले खोजे। पाएनन्। मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो।

nic asia capital

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने एक विशेष पर्वको अवसरमा सरकारले आज उपत्यका सार्वजनिक बिदा दिएको छ । आज बैंक वित्तीय संस्था तथा शेयर बजार बन्द रहने छ ।

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?