National life

बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
1.7kShares
बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा
ncell

काठमाडौं । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) का अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा हुनेछ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा सम्बन्धित तीन जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था गरेको हो।

चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वको संरक्षण तथा सम्मानका लागि प्रदेश सरकारले सम्बन्धित जिल्लामा बिदा घोषणा गरेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?