काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो ।
विभागको टोलीले काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयका साथै हेटौँडामा रहेको निवास तथा कार्यालयमा समेत एकसाथ छापा मारेको बताइएको छ ।
‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि सम्पत्तिको स्रोत र लगानीसम्बन्धी शंकास्पद गतिविधि भएको भन्दै प्रारम्भिक अनुसन्धान थालिएको स्रोतले जनाएको छ ।
यसैबीच उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने विषयमा कानुनी परामर्श भइरहेको पनि स्रोतको भनाइ छ ।


































