National life

आफ्नो सेवा उत्कृष्ट बनाउन नेपाल बैंकद्वारा अत्याधुनिक कल सेन्टर सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
451Shares
आफ्नो सेवा उत्कृष्ट बनाउन नेपाल बैंकद्वारा अत्याधुनिक कल सेन्टर सञ्चालनमा
ncell

काठमाडौँ । नेपालको पहिलो बैंकको रूपमा स्थापित भएको नेपाल बैंक लिमिटेडले ग्राहक सेवालाई प्रभावकारी बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहकहरूमा भएको सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले र आफ्नो सुविधालाई उत्कृष्ट बनाउनका निमिक्त सो कल सेन्टर सञ्चालनमा ल्याएको जानकारी गराएको छ । कल सेन्टरमार्फत बैंकले  विभिन्न गतिविधि तथा सूचनामूलक जानकारी प्रदान गर्नेछ। बैंकले सेवाग्राहीबाट बैंकको सेवा प्रवाहसम्बन्धी सुझाव पनि लिनेछ।

Royal Enfield
nic asia capital

बैंकले कल सेन्टरका ०१५९७१२२२, १६६००१३७३७३ नम्बर तोकेको छ ।  बैंकले उत्कृष्ट ग्राहक सेवाका लागि यो कल सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ। साथै, कल सेन्टरले बैंक र ग्राहकबिचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष,अद्यावधिक र सुमधुर बनाउने विश्वास लिएको बैंकको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?