National life

नेपाल बैंकले जग्गा खरिदका लागि ‘घडेरी कर्जा’ योजना सार्वजनिक गर्‍यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.8kShares
नेपाल बैंकले जग्गा खरिदका लागि ‘घडेरी कर्जा’ योजना सार्वजनिक गर्‍यो
ncell

काठमाडौँ । नेपाल बैंक लिमिटेडले जग्गा खरिद गरेर आफ्नै घर निर्माण गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘घडेरी कर्जा’ योजना सुरु गरेको छ। बैंकले सहज वित्तीय पहुँचमार्फत आवासीय सपना पूरा गर्न सहयोग गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।

‘हामी तपाईंको सपनालाई वास्तविकतामा बदल्छौं’ भन्ने नारासहित सुरु गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले जग्गा खरिदका लागि सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार यस कर्जाको मुख्य विशेषता लामो भुक्तानी अवधि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्राहकले लिएको कर्जा अधिकतम २० वर्षभित्र किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरिएको छ, जसले मासिक आर्थिक दबाब घटाउने अपेक्षा गरिएको छ।

त्यस्तै, सरल प्रक्रिया, न्यून झन्झट र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। यो सेवा देशभर रहेका सबै शाखामार्फत लिन सकिने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?