National life

उच्च बिन्दुमा पुगेको शेयर बजारमा बिना कारण गिरावट, परिसूचक र कारोबार दुवै खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
541Shares
उच्च बिन्दुमा पुगेको शेयर बजारमा बिना कारण गिरावट, परिसूचक र कारोबार दुवै खुम्चियो
ncell

काठमाडौँ । संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारीको चर्चाका बिच असार १७ गतेदेखि बढ्न थालेको शेयर बजार यति बेला निरन्तर घट्न थालेको छ । शेयर बजारका लागि आवश्यक आधारहरू सकारात्मक गर्दागर्दै समेत बजारमा निरन्तर ओरालोपना आएको कारण लगानीकर्तामा निराशा थपिएको छ । यद्यपि यसलाई केही विश्लेषकले करेक्सन समेत भन्दै आएका छन् ।

असार १७ गतेदेखि यता शेयर बजार निरन्तर बढ्दै आइरहेको छ। भदौ २ गतेसम्म आइपुग्दा ३ हजार अंक पुगेको शेयर बजारमा हाल भने गिरावट आएको छ। असार १६ गते आईतवारसम्म २ हजार ३० अंकको आसपास रहेको शेयर बजार आजसम्मको अवधिमा वा झण्डै डेढ महिनाको अवधिमा ९७० अंकको वृद्धि आएको हो ।

Royal Enfield
nic asia capital

तर, ३ हजार अंक पुगेको शेयर बजार परिसूचक निरन्तर घट्न थालेको छ । यो साताको सोमबार खुलेको बजार ७९ अंकले घटेको छ। त्यसलाई धेरैले ‘करेक्सन’ का रूपमा लिएका छन्। यससँगै २८ सय ९४ अंकमा आइपुगेको नेप्से परिसूचक मङ्गलवार पनि १११ अंकले घटेपछि २७ सय ८२ अंकमा आइपुग्यो । बुधवार ३ अंकको सामान्य वृद्धिपछि बिहीबार ३६ अंकको गिरावट आएर बजार बन्द भएको छ। पछिल्लो ७ कारोबार दिनमा आएको २५१ अंकको गिरावट हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । शेयर बजार घट्दै जान थालेपछि २९ अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम खुम्चिन थालेको छ ।  ७ कारोबार दिनमा नै २५१ अंकले घटिसकेको छ ।

यति बेला बैंकमा तरलता पर्याप्त छ । यस्तै, ब्याजदर समेत एकल अंकमा छ । साना ठुला र संस्थागत गरी सबैजसो लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन् । तर, बजार निरन्तर घट्न थालेको छ । बजार घट्न थालेपछि कारोबार रकम पनि ओरालो लाग्न थालेको हो । शेयर लगानीकर्ताले बजार घट्नु पर्ने आधार नै नरहेको बताइरहे पनि निरन्तर खुम्चिरहेको छ । यससँगै २९ अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम खुम्चिएर १२ अर्ब रुपैयाँमा आइपुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?