काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेलाई दानवापत लिएको जग्गा फिर्ता गर्न आग्रह गरेका छन् ।
महरले पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले दान गरेको १० रोपनी १४ आना जग्गा तत्काल फिर्ता गरेको घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुझाव दिएका छन् ।
नेपाली काग्रेसका सम्पर्क समितिहरूसँगको वानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै महरले यस्तो बताएका हुन् ।
जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको भन्दै महरले प्रधानमन्त्रीले कसैबाट दानदातब्य र नजराना लिनु सुशासनको खिलाप हुने बताए ।
जनतामा आशा जगाउन पनि तत्काल दानवापत लिएको जग्गा फिर्ता गर्नुपर्ने उनको आग्रह छ ।

































