National life

कर्जा ग्राहकलाई लक्षित महालक्ष्मी बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
668Shares
कर्जा ग्राहकलाई लक्षित महालक्ष्मी बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
ncell

काठमाडौँ। कर्जा ग्राहकलाई लक्षित गरी महालक्ष्मी विकास बैंकले महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा,  महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर ९.९९ प्रतिशतमा प्रदान गर्ने भएको छ।

महालक्ष्मी घर कर्जा अन्तर्गत बैंकले आवासीय व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न, घर थप र पुनर्निर्माण मर्मत सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोडसम्मको कर्जा प्रदान गर्नेछ।

साना तथा मझौला व्यवसायीको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न बैंकले एक वर्षदेखि १५ वर्षको अवधिसम्म व्यावसायिक कर्जा प्रदान गर्नेछ।

Royal Enfield
nic asia capital

त्यस्तै विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ। ग्राहकले यसअन्तर्गत ३ करोडसम्मको कर्जा लिन सक्ने बैंकको भनाई छ।

विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ। १०३ शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले कर्जाका लागि क्यूआरबाट समेत आवेदन गर्न सकिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?