National life
cg eloctronics

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२१ दिन अगाडि|२० कात्तिक २०८३, शुक्रबार
2.7kShares
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?
muktinatha bikash bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ११.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ७.४८ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर प्रयोजनको रकमसमेत समावेश गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले करिब ३३ करोड ७४ लाख रुपैयाँबराबरको बोनस सेयर र करिब १७ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार सेयरधनीले कुल करिब ५० करोड ८० लाख रुपैयाँबराबरको लाभांश प्राप्त गर्नेछन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?