National life
cg eloctronics

जलविद्युत कम्पनीको आईपीओ सम्बन्धी बोर्डलाई इप्पानको ४ बुँदे सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
435Shares
जलविद्युत कम्पनीको आईपीओ सम्बन्धी बोर्डलाई इप्पानको ४ बुँदे सुझाव
ncell

काठमाडौं – नेपाल धितोपत्र बोर्डलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, (इप्पान) ले जलविद्युत कम्पनीको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) अनुमति सम्बन्धी ४ बुँदे सुझाव दिएको छ।

इप्पानले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न ४ बुँदे निर्णयसहित धितोपत्र बोर्डलाई जलविद्युत कम्पनीको आईपीओ अनुमतिमा सुझावहरु दिएको हो।

इप्पानका चार बुँदे सुझाव :

१) जलविद्युत कम्पनीले आफ्नो उद्देश्य अनुसारको कार्य गर्नका लागि आवश्यक भौतिक पूर्वाधारको प्रगति कम्तिमा ५० प्रतिशत कार्य सम्पन्न भएको विवरण कम्पनीले ऋण लिएको सम्बन्धित बैंकले प्रमाणित गरेको विवरणसहित बोर्डमा आवेदन प्रक्रिया अगाडि बढाउन सक्ने ।

२) जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेश गरे पश्चात मात्र बोर्डबाट अन्तिम स्वीकृति प्रदान गरिने ।

३) जलविद्युत कम्पनीहरुले प्रारम्भिक निष्काशनबाट प्राप्त गर्ने पुँजी बैकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालू परियोजनाको सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिबद्धता पेस गर्नुपर्ने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

४) जलविद्युत कम्पनीको परियोजनाको इन्टरनल रेट अफ रिटर्न (आईआरआर) १२ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?