National life

दराजको ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक, यी हुन सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
796Shares
दराजको ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक, यी हुन सुविधा
ncell

काठमाडौँ । अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशत सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भौचर सुविधा प्राप्त गर्न सक्नेछन् ।

भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई  किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो अभियानअन्तर्गत खरिदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ रुपैयाँ बराबरका उत्पादनहरूको  खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन्।

यसका लागि उपभोक्ताले दराज एपको होम पेजमा उपलब्ध “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भौचरहरू संकलन गर्न सक्नेछन् । साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा  सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशत सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।

त्यसैगरी, दराज एपमा दैनिक रूपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरूको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
796SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?