National life

दोस्रो बजारमा नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
607Shares
दोस्रो बजारमा नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
ncell

काठमाडौँ । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज प्रा.लिको प्रवेश भएको छ ।

बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारिक रूपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको छ ।

बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो ।

Royal Enfield
nic asia capital
लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्ता पुँजी २० करोड रहेको छ ।

कम्पनीले आफ्नो नाम जस्तै सेवा पनि सजिलो रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए सँगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?