National life
cg eloctronics

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
242Shares
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते
muktinatha bikash bank

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीस्थित भित्री कच्ची सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

आज मंसिर १३ गते साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट बाँफिकोट गाउँपालिका–८ दुलीतर्फ जाँदै गरेको लु.१ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेर दुर्घटना भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा घाइते भएका छ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो।

उपचारका क्रममा जीप चालक मुसिकोट नगरपालिका–९ निवासी अन्दाजी २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते हुनेमा बाँफिकोट गाउँपालिका–८ दुलीकी ३१ वर्षीया निर्मला केसी र उनका दुई वर्षीय छोरा दिनेश केसी, सोही स्थानकी ३२ वर्षीया मनिषा बस्नेत, ३६ वर्षीय कर्णबहादुर खत्री तथा मुसिकोट नगरपालिका–१० की १८ वर्षीया जेनिशा वली रहेका छन्।

everest bank

घाइतेमध्ये निर्मला केसी, मनिषा बस्नेत र कर्णबहादुर खत्रीको अवस्था सामान्य रहेको छ भने बालक दिनेश केसी र जेनिशा वलीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जीपमा चालकसहित १० जना सवार रहेका थिए। दुर्घटनामा पाँच जना घाइते र एक जनाको मृत्यु भए पनि अन्य चार जना भने सकुशल रहेका छन्।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
242SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?