National life

निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने अवस्था अझै बनेको छैन : अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
1KShares
निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने अवस्था अझै बनेको छैन : अध्यक्ष ढकाल
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन्जी आन्दोलनपछि पनि निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता अझै हुन नसकेको बताएका छन्। महासंघले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

निजी क्षेत्र आफ्ना दायित्वप्रति प्रतिबद्ध हुँदाहुँदै पनि समृद्धिका लागि आवश्यक संरक्षण र सम्मानको विषय ओझेलमा परेको उनको भनाइ छ। अध्यक्ष ढकालका अनुसार हाल निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने अवस्था अझै बनेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गलत काम गर्नेहरूमाथि समयमै कारबाही नहुँदा दण्डहीनता बढ्ने खतरा देखिनु स्वाभाविक भएको उनले बताए।

उद्यमी र उद्यमशीलताको विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध रूपमा पेशा–व्यवसाय गर्न पाउने अधिकार र सम्पत्तिको सुरक्षाको अनुभूति नहुँदासम्म देशमा लगानी नबढ्ने उनले स्पष्ट पारे।

उनले लगानी र रोजगारीबीचको सम्बन्ध उल्लेख गर्दै भने, ‘लगानी बिना रोजगारी सिर्जना हुँदैन, रोजगारी बिना आयस्तर बढ्दैन र आयस्तर नबढे मानव विकासमा अपेक्षित सुधार सम्भव हुँदैन।’ शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन राजस्व वृद्धि आवश्यक रहेको र त्यसका लागि निजी क्षेत्रले काम गर्न पाउने वातावरण तथा प्रोत्साहनमूलक नीति अनिवार्य भएको ढकालको जोड थियो।

ढकालले पछिल्लो करिब डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँ घाटामा रहेको उल्लेख गर्दै बैंकिङ क्षेत्रमा पनि समस्या देखिएको बताए। उनका अनुसार बैंकहरू करिब ११ खर्ब रुपैयाँभन्दा बढी रकम लगानी गर्न नसकिरहेको अवस्थामा छन्, तर निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको छ।

यसको प्रत्यक्ष असर राज्यको वित्तीय अवस्थामा परेको उनले बताए। ‘राजस्व संकलन कमजोर हुँदा सरकारी सञ्चालन खर्च, कर्मचारीको तलब–भत्ता समेत धान्न कठिन भइरहेको छ,’ उनले भने, ‘पूर्वाधार विकासमा लगानी हुन नसक्दा अर्थतन्त्र थप सुस्त बन्दै गएको छ।’

राजनीतिक दलहरु जसले तीन दशकभन्दा लामो समय मुलुकको शासन सत्ता सम्हाले, उनीहरुले पनि शुसासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा युवा पुस्ताले उठाएको प्रश्नको समिक्षा गर्ने र यसका लागि गम्भीर हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले लोकतन्त्र, बजार अर्थतन्त्र, शान्ति, स्थायित्व र समृद्धिका लागि प्रतिवद्ध भएर काम गरि उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिक महत्वको क्षेत्रका रुपमा मान्यता दिइ निर्वाध पेशा व्यवसाय गर्न पाउने सुनश्चितताका लागि प्रतिवद्धता व्यक्त गरे।

‘भ्रष्टाचार मुक्त समाज र शुसासनका लागि भएको आन्दोलनको मर्म अनुरुप मुलुकमा सदाचार कायम गर्न यहाँहरुले निरन्तर पैरवी गरिरहनुपर्छ । युवा उद्यमशीलता कार्यक्रम संचालन गर्न नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्न यो पुस्तालाई मेरो आग्रह र प्रस्ताव पनि छ ।’ उनले भने ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको लुटपाटबाट हौसिएका व्यक्तिहरु, भागेका कैदीहरु र आपराधिक मनस्थितिका मानिसहरुबाट यस्तै किसिमका विध्वंस दोहोरिने सम्भावना रहेको उनको भनाइ छ । त्यसैले लुटपाट एवं आगजनीमा संलग्नमाथि कारवाही गर्न सबैले सरकारलाई सघाउने प्रतिवद्धता व्यक्त गर्न अध्यक्ष ढकालले आग्रह गरे।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?