National life

नेशनल फण्ड म्यानेजमेन्टको अवितरित हकप्रद सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
856Shares
नेशनल फण्ड म्यानेजमेन्टको अवितरित हकप्रद सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आगामी भदौ १३ गतेदेखि ११ लाख ७२ हजार बिक्रीमा राख्न लागेको हो ।

नेशनल फण्ड म्यानेजमेन्टको गत जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई सञ्चालक समितिको निर्णय बमोजिम जेठ ३२ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि चुक्ता पूँजी ५४ करोडको २ः१ अर्थात ५० प्रतिशत ले हुन आउने प्रति शेयर अंकित मूल्य ५० दरको २७ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त निष्काशित सम्पूर्ण सेयरको लागि आवेदन प्राप्त नभई बाँकी रहन गएको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर खरिदका लागि हाल कायम संस्थापक सेयरधनी, योग्य व्यक्ति, संघ÷संस्था तथा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले भदौ २० गते बैंकिङ्ग समय भित्र धितोपत्र व्यवसायी सानिमा क्यापिटल लिमिटेड नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेटमा खरिद गर्ने हो उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५० रुपैयाँ र प्रिमियम थप ५० रुपैयाँ गरि कुल १०० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम २० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
856SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?