काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।





































