काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयर धनीहरूको नाममा रहेको १ लाख ९० हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीका विद्यमान अन्य संस्थापक सेयर धनीले उक्त सेयरमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौँमा के कति सेयर खरिद गर्ने सोको ब्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
उक्त समयमा संस्थापक सेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।





































