काठमाडौँ । हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ४२ अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार साउन २० गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो।
साउन लागेसँगै घट्न थालेको निक्षेप संकलन पछिल्लो केही दिन यता पुनः बढ्न थालेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन १९ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा २० गते ६ अर्बले बढेर ६४ खर्ब ४२ अर्ब संकलन भएको हो ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन ६ अर्बले बढेको छ । असार १९ गते ५७ खर्ब ६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २० गते ५७ खर्ब १२ अर्ब निक्षेप संकलन गरेका छन् ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने स्थिर रहेको छ । शनिवारसम्म ५१ खर्ब ४५ अर्ब प्रवाह भएकोमा आइतबार पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको हो ।
सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह १ अर्बले घटेको छ। शनिवारसम्म ४५ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार ४५ खर्ब ५२ अर्ब प्रवाह गरेका छन् ।






































