National life

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको आधार दर घट्यो, कुन बैंकले कति घटाए ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
383Shares
भदौ महिनाका लागि वाणिज्य बैंकहरूको आधार दर घट्यो, कुन बैंकले कति घटाए ? 
ncell

काठमाडौँ । भदौ महिनामा वाणिज्य बैंकहरूको आधार दर घटेको छ। साउन महिनाको तुलनामा भदौमा औसत ०.२५ प्रतिशतले आधार दर घटेको हो । भदौका लागि ७.९२ प्रतिशत कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टड बैंकको आधार दर सबैभन्दा कम रहेको छ । भदौको लागि यस बैंकको आधार दर ६.२२ प्रतिशत रहेको छ। यस बैंक सहित राष्ट्रिय वाणिज्य बैंकको समेत भदौ महिनाका लागि आधार दर ६.६६ प्रतिशत रहेको छ।

अघिल्लो महिना साउनमा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.०१ प्रतिशत रहेको थियो । भदौका लागि क्रमशः प्रभु बैंकको ८.२० प्रतिशतबाट घटेर ७.९५ प्रतिशत, एनएमबी बैंकको ८.४२ प्रतिशतबाट घटेर ७.९८ प्रतिशत, सिटिजन्स बैंकको ८.५७ प्रतिशतबाट घटेर ८.४२ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.२६ प्रतिशतबाट घटेर ८ प्रतिशत र नेपाल एसबिआइ बैंकको ८.३० प्रतिशतबाट ८.११ प्रतिशतमा कायम भएको छ।

nic asia capital

कृषि विकास बैंकको ८.१८ प्रतिशतबाट घटेर ७.९६ प्रतिशत, नबिल बैंकको ७.६२ बाट घटेर ७.४२ प्रतिशत, एभरेष्ट बैंकको ७.४५ प्रतिशतबाट ७.२९ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ८.०३ बाट ७.७७ प्रतिशत र सिद्धार्थ बैंकको ८.२० प्रतिशतबाट घटेर ७.९३ प्रतिशतको बिन्दुमा सीमित भएको छ।

यस्तै गरी भदौ महिनामा आधार दर घटाएका बैंकहरुमा लक्ष्मी सनराइज बैंकको ८.७० प्रतिशतबाट ८.३९ प्रतिशत, हिमालयन बैंक ८.९१ प्रतिशतबाट ८.५३ प्रतिशत, प्राइम कमर्सियल बैंक ८.७७ प्रतिशतबाट ८.५७ प्रतिशत, कुमारी बैंक ९.२३ प्रतिशतबाट ८.९० प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकको ६.३८ बाट ६.२२ प्रतिशत, एनआइसी एसिया बैंकको ९.२४ प्रतिशतबाट ९.२२ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
383SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?