National life

वाणिज्य बैंकहरूको नाफा १९.३०% ले बढ्यो, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१५ वैशाख २०८३, मङ्गलबार
733Shares
वाणिज्य बैंकहरूको नाफा १९.३०% ले बढ्यो, कुन बैंकको कति ?
ncell

काठमाडौँ। वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्कअनुसार अधिकांश बैंकको नाफामा सुधार देखिएको छ, जसले बैंकिङ क्षेत्रमा क्रमशः सुधारको संकेत गरेको छ।

नेपाली बैंकिङ क्षेत्रमा लामो समयदेखि अग्रणी रहँदै आएको नबिल बैंकले यस त्रैमासमा पनि शीर्ष स्थान जोगाएको छ। बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसको नाफा ३३.९२ प्रतिशतले वृद्धि भएको हो।

यस्तै, कुमारी बैंकले यस अवधिमा सबैभन्दा ठूलो वृद्धिदर हासिल गरेको छ। बैंकको नाफा १३६१.७६ प्रतिशतले बढेको देखिन्छ। गत वर्ष यही अवधिमा २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ।

मुख्य तथ्याङ्क : 

सर्वाधिक नाफा कमाउने बैंकहरू (रकमका आधारमा)

नबिल बैंक – ६.७६ अर्ब रुपैयाँ

ग्लोबल आइएमई बैंक – ४.४० अर्ब रुपैयाँ
कुमारी बैंक – ४.१७ अर्ब रुपैयाँ

सबैभन्दा कम नाफा भएका बैंकहरू

एनआईसी एशिया बैंक – १४ करोड रुपैयाँ

प्रभु बैंक – ८५ करोड रुपैयाँ
सिटिजन्स बैंक इन्टरनेशनल – १.३० अर्ब रुपैयाँ

उच्चतम वृद्धिदर (प्रतिशतमा)

कुमारी बैंक – १३६१.७६ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक – १२९.३४ प्रतिशत

धेरै गिरावट भएका बैंकहरू (प्रतिशतमा)

प्रभु बैंक – –५४.६१ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – –३०.६९ प्रतिशत
कृषि विकास बैंक – –२४.४२ प्रतिशत
एनआईसी एशिया बैंक – –१०.४९ प्रतिशत

समग्रमा २० वाणिज्य बैंकहरूको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यसले विभिन्न आर्थिक चुनौतीबीच पनि नेपाली बैंकिङ क्षेत्र क्रमशः सुदृढ बन्दै गएको देखाउँछ।

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?