National life

वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ४७ करोड नाघ्यो, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२९ चैत २०८२, आइतबार
1.7kShares
वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ४७ करोड नाघ्यो, कुन बैंकको कति ?
ncell

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूको कुल गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०६ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष फागुन मसान्तसम्म यस्तो सम्पत्ति ३६ अर्ब २० करोड ९० लाख रुपैयाँ थियो।

बैंकगत विवरण हेर्दा नेपाल बैंकको गैर–बैंकिङ सम्पत्ति २२ करोड ९२ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको २८ करोड ८७ लाख रुपैयाँ रहेको छ। त्यस्तै नबिल बैंकमा ३ अर्ब ३८ करोड ९० लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ।

हिमालयन बैंकको ६ अर्ब ८ करोड ९२ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब ३ करोड २१ लाख, एभरेष्ट बैंकको ५१ करोड ३९ लाख र एनआईसी एसिया बैंकको ४ अर्ब १७ करोड ६ लाख रुपैयाँ गैर–बैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यस्तै माछापुच्छ्रे बैंकको ६२ करोड ४० लाख, कुमारी बैंकको २ अर्ब ५० करोड ४१ लाख, लक्ष्मी सनराइज बैंकको २ अर्ब ३६ करोड ४ लाख र सिद्धार्थ बैंकको ७७ करोड २० लाख रुपैयाँ बराबर यस्तो सम्पत्ति छ।

कृषि विकास बैंकमा १ अर्ब ३३ करोड ३९ लाख, ग्लोबल आईएमई बैंकमा ५ अर्ब ९७ करोड ९७ लाख, सिटिजन्स बैंकमा १ अर्ब २४ करोड ५६ लाख, प्राइम कमर्सियल बैंकमा ४ अर्ब ४० करोड ७८ लाख, एनएमबी बैंकमा १ अर्ब ८३ करोड २ लाख, प्रभु बैंकमा १ अर्ब ७९ करोड १९ लाख र सानिमा बैंकमा १ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबर गैर–बैंकिङ सम्पत्ति रहेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो सम्पत्ति शून्य रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले असुल हुन नसकेका कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वामित्वमा लिने गर्छन्। यसरी बैंकको नाममा आएको सम्पत्तिलाई गैर–बैंकिङ सम्पत्ति भनिन्छ। यस्तो सम्पत्ति सकेसम्म छिटो बिक्री गर्नुपर्ने नियामक व्यवस्था रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?