National life
cg eloctronics

२० वाणिज्य बैंकको आरओई ९.१३ प्रतिशत पुग्यो, कुन बैंक कति अगाडि?

२० बैंकको आरओई तुलना : कुन बलियो, कुन कमजोर?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१७ कात्तिक २०८३, मङ्गलबार
10.6kShares
२० वाणिज्य बैंकको आरओई ९.१३ प्रतिशत पुग्यो, कुन बैंक कति अगाडि?
muktinatha bikash bank

काठमाडौं । नेपाली वाणिज्य बैंकहरूको सेयरधनीको पुँजी उपयोग गरेर नाफा कमाउने क्षमता सुधार हुँदै गएको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकको औसत रिटर्न अन इक्विटी (आरओई) ९.१३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो औसत ७.०७५ प्रतिशत मात्रै थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअनुसार बैंकहरूको औसत आरओई २.०६४ प्रतिशत बिन्दुले बढेको हो। बैंकहरूको वित्तीय विवरणले अधिकांश बैंकको पुँजी उपयोगबाट नाफा आर्जन गर्ने क्षमता सुधार भएको देखाए पनि सबै बैंकको अवस्था भने समान छैन।

everest bank

सानिमा बैंक पहिलो, एभरेस्ट दोस्रो

आरओईका आधारमा सानिमा बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको आरओई १५.६ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा ७.६९ प्रतिशत रहेको यस्तो सूचक यस वर्ष ७.९१ प्रतिशत बिन्दुले बढेको हो।

त्यस्तै, एभरेस्ट बैंक १४.२८ प्रतिशत आरओईसहित दोस्रो स्थानमा छ। तर गत वर्षको १४.५१ प्रतिशतको तुलनामा बैंकको आरओई ०.२३ प्रतिशत बिन्दुले घटेको छ।

नबिल बैंकको आरओई १३.९९ प्रतिशत रहेको छ। गत वर्ष १०.७ प्रतिशत रहेको यस्तो सूचक यस वर्ष ३.२९ प्रतिशत बिन्दुले बढेको हो। ग्लोबल आइएमई बैंकको आरओई पनि बढेर १३.२९ प्रतिशत पुगेको छ। गत वर्ष ११.०१ प्रतिशत रहेको यस्तो सूचक २.२८ प्रतिशत बिन्दुले सुधार भएको हो।

१२ बैंकको आरओई ७ प्रतिशतभन्दा माथि

प्राइम कमर्सियल बैंकको आरओई १२.७१ प्रतिशत रहेको छ। यद्यपि गत वर्षको १४.७ प्रतिशतको तुलनामा यसमा १.९९ प्रतिशत बिन्दुको गिरावट आएको छ।

एनएमबी बैंकको आरओई १२.४२ प्रतिशत पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत रहेको छ। यी दुवै बैंकको आरओई गत वर्षको तुलनामा बढेको हो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको आरओई ११.७ प्रतिशत रहे पनि गत वर्षको १२.५७ प्रतिशतबाट ०.८७ प्रतिशत बिन्दुले घटेको छ। नेपाल एसबीआई बैंकको आरओई ९.८८ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.६२ प्रतिशत र कुमारी बैंकको ९.५१ प्रतिशत रहेको छ।

सिद्धार्थ बैंकको आरओई ९.२८ प्रतिशत पुगेको छ। गत वर्ष ४.१२ प्रतिशत रहेको यस्तो सूचक यस वर्ष ५.१६ प्रतिशत बिन्दुले बढेको हो। नेपाल बैंकको ७.८ प्रतिशत र प्रभु बैंकको ७.२१ प्रतिशत आरओई रहेको छ।

सबैभन्दा ठूलो सुधार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आरओईमा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ०.२७ प्रतिशत रहेको बैंकको आरओई यस वर्ष बढेर ६.९५ प्रतिशत पुगेको छ। यसअनुसार बैंकको आरओई ६.६८ प्रतिशत बिन्दुले सुधार भएको हो।

हिमालयन बैंकको आरओई भने गत वर्षको ७.२ प्रतिशतबाट घटेर ६.४८ प्रतिशतमा सीमित भएको छ। लक्ष्मी सनराइज बैंकको आरओई ५.५ प्रतिशत पुगेको छ। गत वर्ष २.९४ प्रतिशत रहेको यस्तो सूचक २.५६ प्रतिशत बिन्दुले बढेको हो।

एनआईसी एसिया बैंकको आरओई १.९४ प्रतिशत र सिटिजन्स बैंकको १.७२ प्रतिशत रहेको छ। सिटिजन्स बैंकले गत वर्षको ऋणात्मक ३.८७ प्रतिशतबाट उल्लेख्य सुधार गरेको हो।

कृषि विकास बैंकको आरओई भने सबैभन्दा कम १.३१ प्रतिशत रहेको छ। गत वर्ष ०.७ प्रतिशत रहेको यस्तो सूचक यस वर्ष ०.६१ प्रतिशत बिन्दुले बढेको हो।

१५ बैंकको सुधार, पाँचको गिरावट

समग्रमा २० वाणिज्य बैंकमध्ये १५ वटाको आरओई गत वर्षको तुलनामा बढेको छ भने पाँच बैंकको घटेको छ। यसले बैंकिङ क्षेत्रमा पुँजीको प्रतिफल सुधार हुँदै गएको संकेत गरे पनि केही बैंक अझै कमजोर अवस्थामा रहेको देखाउँछ।

आरओई बैंकको सेयरधनीको पुँजीबाट नाफा कमाउने क्षमता मापन गर्ने महत्त्वपूर्ण सूचक हो। यसले बैंकले सेयरधनीको प्रत्येक १०० रुपैयाँ बराबरको इक्विटीबाट कति रुपैयाँ खुद नाफा आर्जन गरिरहेको छ भन्ने देखाउँछ।

उच्च आरओई हुनु सामान्यतया सेयरधनीका लागि सकारात्मक मानिन्छ। यद्यपि लगानी निर्णय गर्दा आरओईसँगै खराब कर्जा, प्रतिसेयर आम्दानी, लाभांश क्षमता, पुँजी पर्याप्तता र सेयर मूल्यलाई समेत विश्लेषण गर्नु आवश्यक हुन्छ।

यो समाचार शेयर गर्नुहोस्
10.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?