National life

भारतको १५ अर्ब अनुदानमा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण गरिने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असोज २०८१, बिहिबार
386Shares
भारतको १५ अर्ब अनुदानमा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण गरिने सम्झौता
ncell

काठमाडौँ। नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि समझदारी भएको छ।

भारत सरकारको करिब १५ अरब रुपैयाँ अनुदान सहयोगमा पाइपलाइन र भण्डारण क्षमता निर्माण गर्नेबारे सम्झौता भएको हो। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका डाइरेक्टर सेन्थल कुमारका बिच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका चेयरम्यान भि सतिस कुमारको समुपस्थितिमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि बी टु बी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतको दिल्लीमा यो सम्झौता सम्पन्न भएको हो। नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका पदाधिकारीहरुको समुपस्थितमा भएको बी टु बी फ्रेमवर्क एग्रिमेन्टमा भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण गर्ने समझदारी भएको छ।

त्यस्तै नेपालको अमलेखगंजवाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण गर्ने समझदारी भएको नेपाल आयल निगमले जनाएको छ। यता चितवनको लोथरमा ९१,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण गर्ने समझदारी पनि भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
386SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?