National life

भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन होप–२०२४ मा नोट स्पिकरको रुपमा जादैँ : विनोद चौधरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
1.1kShares
भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन होप–२०२४ मा नोट स्पिकरको रुपमा जादैँ : विनोद चौधरी
ncell

काठमाडौँ । नेपालका उद्यमी एवं सांसद विनोद चौधरीले होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन् ।

फेब्रुअरी,१५–१६ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका खातीप्राप्त होटेलियर्सहरूको सहभागी हुने कार्यक्रम तय भएको छ ।

नेपालको हस्पिटालिटी इन्डस्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो। सम्मेलनमा नेपालबाट अध्यक्ष चौधरी र सीजी हस्पिटालिटीका प्रवन्ध निर्देशक एवं सिईओ राहुल चौधरीलाई मात्रै आमन्त्रित गरिएको छ।

Royal Enfield
nic asia capital

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ विषयमा स्पिच दिनेछन् । हस्पिटालिटी इन्डस्ट्रीको विश्वव्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डस्ट्रीले आगामी पाँच वर्षका लागि लिनुपर्ने रणनीति लगायतका विषयहरूका बारेमा अध्यक्ष चौधरीले बोल्ने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?