National life

व्यवसायबाट राजनीतिसम्म : कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
447Shares
व्यवसायबाट राजनीतिसम्म : कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी
ncell

काठमाडौं । नेपालकै प्रसिद्ध उद्योगी, समाजसेवी र राजनीतिज्ञ विनोद चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दिएका छन्।

व्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय चौधरीले कांग्रेसको नेतृत्वमा थप जिम्मेवारीसहित अघि बढ्ने उद्देश्यले उपसभापति पदमा उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीसँगै कांग्रेसको आगामी नेतृत्व चयनमा उपसभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ।

चौधरी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी उद्योग तथा व्यवसाय क्षेत्रमा स्थापित नामका रूपमा परिचित हुनुका साथै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधिमा संलग्न रहँदै आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

व्यावसायिक क्षेत्रमा सफल पहिचान बनाएका चौधरीले पछिल्लो समय राजनीतिक भूमिकालाई पनि सक्रिय बनाउँदै आएका छन्। उनले आर्थिक विकास, निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी सिर्जना तथा समृद्धिलाई राजनीतिक एजेन्डासँग जोड्दै आएका छन्।

यसपटकको महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएसँगै चौधरीले पार्टी संगठनलाई थप प्रभावकारी बनाउने तथा कांग्रेसलाई आर्थिक र सामाजिक रूपान्तरणको नेतृत्व गर्न सक्ने पार्टीका रूपमा अघि बढाउने एजेन्डालाई प्राथमिकतामा राखेका छन्।

प्रारम्भिक जीवन

विनोद चौधरीको जन्म विक्रम संवत् २०१२ वैशाख १ गते काठमाडौंमा भएको हो । उनका हजुरबा भूरामुल चौधरी कपडाको व्यापार गर्थे । पछि उनका बुवा लुनकरण दास चौधरीले व्यवसायलाई अगाडि बढाउँदै सीजी ग्रुपको स्थापना समेत गरे ।

चौधरी ग्रुपका संस्थापक सभापति समेत रहेका स्वर्गीय लुनकरण दासको नेपालमा व्यवसाय स्थापना, विस्तार र रोजगारी सिर्जनामा अतुलनीय योगदान रहेको सर्वविदितै छ । हजुरबुवा र बुवाको पदचाप पछ्याउँदै विनोद चौधरीले आफ्नो परिवारको व्यवसायलाई ऐतिहासिक उचाइमा पुर्‍याए ।

१८ वर्षको कलिलो उमेरमै पारिवारिक व्यवसायको नेतृत्वमा आएका चौधरीको प्रारम्भिक शिक्षा–दीक्षा काठमाडौंमै सम्पन्न भयो । उनी चार्टर्ड एकाउन्टेन्ट बन्न चाहन्थे । थप अध्ययन भारतमा गर्ने उनको योजना थियो, तर उनी १८ वर्षको हुँदा बुबा बिरामी भएपछि अचानक पारिवारिक व्यवसायको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भयो ।

एक अन्तर्वार्तामा उनले भनेका छन्, “म पढाइ जारी राख्न चाहन्थें तर मेरो कर्तव्य त्योभन्दा पनि बढी महत्वपूर्ण थियो। त्यसैले मैले कलिलै उमेरमा पारिवारिक व्यवसायको नेतृत्व लिनुपर्‍यो।”

व्यावसायिक यात्रा

विनोद चौधरीले पारिवारिक व्यवसायलाई आधुनिक रूप दिँदै वैश्विक स्तरको बहुराष्ट्रिय समूह सीजी ग्रुपको व्यवसायलाई व्यापक विस्तार गरेका छन् । चौधरी समूहको व्यापार क्षेत्र नुडल्स, होटल, बैंक, निर्माण, गृह उपकरण, ऊर्जा र खुद्रा वितरणसम्म फैलिएको छ।

nic asia capital

वाइवाइ चाउचाउ, जसलाई चौधरीले थाइल्यान्डको वाइवाइ ब्रान्डसँग साझेदारी गर्दै नेपालबाट विश्व बजारमा पुर्‍याएका हुन्, आज विश्वका ३६ भन्दा बढी देशमा बिक्री हुन्छ । भारतमा समेत यसको बजार हिस्सा करिब २८ प्रतिशत छ ।

उनी सिर्जनात्मक र उपयुक्त निर्णय लिन सक्ने भिजनरी नेतृत्व क्षमता भएका व्यक्ति भएको कुरा उनको व्यावसायिक यात्राले पनि प्रमाणित गरेको छ। रोजगारी सिर्जनामा पनि उनको योगदान अविस्मरणीय छ । चौधरी ग्रुपले २० हजारभन्दा बढी प्रत्यक्ष रोजगारी उपलब्ध गराइरहेको छ।

समाज सेवा

विनोद चौधरी व्यवसायी र राजनीतिज्ञ मात्र होइनन्, उनी समाजसेवी पनि हुन् । सन् १९९५ मा स्थापित चौधरी फाउन्डेशनमार्फत उनले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, प्राकृतिक विपद् राहत र परम्परागत सीप संरक्षणमा उल्लेखनीय योगदान दिएका छन्। संस्थाले नेपालभरिका गरिब र कमजोर वर्गका मानिसहरूको जीवनमा प्रत्यक्ष सुधार ल्याउन कार्य गर्दै आएको छ।

२०७२ साल वैशाख १२ को महाभूकम्पले सिन्धुपाल्चोकको नाम्डोललिङ बस्ती पूरै ढल्यो। महाभूकम्पले सबैको घर त भत्काइदियो नै मानवीय रूपमा समेत ठुलो क्षति पुग्यो। ६२ परिवारका करिब ३ सय मानिस ओतविहीन बने। तत्कालको आपत् टार्न उनीहरूले अस्थायी छाप्रो बनाए। कतिले जस्ता पाता बेरेर बनाइएको सानो आवासमा खुट्टा खुम्च्याएर कैयौँ रात बिताए। उनीहरूले जेनतेन आफ्ना दुःखका दिन काटे।

उनीहरूको समस्या नेपालका विनोद चौधरीको कानसम्म ठोक्किन आइपुग्यो। तत्कालै चौधरीले ढलेको यो बस्ती पुनर्निर्माणको नेतृत्व लिन चौधरी फाउन्डेसन तयार रहेको बताए र त्यहाँ नमुना वस्ती बसाए।

चौधरीले यस्ता अनगिन्ती सामाजिक उपकार गरेका छन् । ७२ सालको विनाशकारी भूकम्पमा करिब ९,००० मानिसहरूले ज्यान गुमाए र २२,००० जना घाइते भए । त्यो समयमा चौधरी समूह र फाउन्डेशनले राहत वितरणमा ठूलो योगदान गरेको थियो ।

विपत्तिको समयमा हजारौं वाइवाइ नुडल्स आपूर्ति गरी भोक र कष्टमा परेका नागरिकलाई उनले राहत पुर्‍याएका थिए । साथै, फाउन्डेशनमार्फत झण्डै २५ करोडभन्दा बढी रकम राहत पुनर्निर्माणमा योगदान गरी तत्कालीन संकटमा सहयोग पुर्‍याएको स्मृति आज पनि नेपाली जनतामाझ ताजै छ।

चौधरी फाउन्डेशनले १०,००० भन्दा बढी घर र १०० भन्दा बढी विद्यालय निर्माणमा सहयोग पुर्‍यायो, जसले भूकम्प प्रभावित समुदायमा दीर्घकालीन सुधार र पुनर्निर्माणको मार्ग प्रशस्त गर्‍यो ।

फाउन्डेशनले स्थानीय समुदायका महिला र युवालाई पारम्परिक कला र हस्तकला व्यवसायमा संलग्न गराएर रोजगारी सिर्जना समेत गरेको छ, यसले सांस्कृतिक धरोहर संरक्षणसँगै आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ।

विशेषगरी, चौधरी फाउन्डेशनको प्रयासले परम्परागत हस्तकला, जस्तै धातु, काठ, कपडा र गहना निर्माणमा संलग्न समुदायलाई आधुनिक बजारसँग जोड्ने अवसर प्रदान गरेको छ। यसले रोजगारी सिर्जना मात्रै गरेको छैन, स्थानीय कला र सीपहरूको संरक्षणमा समेत दीर्घकालीन योगदान पुर्‍याएको छ।

फाउन्डेशनमार्फत चौधरीले स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि व्यापक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। विद्यालय र स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्रामीण र पहुँचविहीन क्षेत्रमा जीवन रक्षाको प्रयास गरेका छन्।

महिला सशक्तिकरण अन्तर्गत विभिन्न तालिम, उद्यमशीलता कार्यक्रम र वित्तीय सहायता प्रदान गर्दै समाजमा लैंगिक समानता प्रवर्द्धनमा समेत चौधरीको योगदान छ ।

यसरी, विनोद चौधरीले व्यावसायिक सफलताको मात्र होइन, समाज सुधार र मानव सेवामा पनि जीवनलाई समर्पित गरेका छन्, जसले उनलाई नेपाली समाजमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि एक जिम्मेवार र दूरदर्शी उद्यमी र समाजसेवीका रूपमा स्थापित गरेको छ।

कांग्रेस उपसभापतिमा उम्मेदवारी किन ?

चौधरीले कांग्रेसलाई डिजिटल युगअनुकूल आधुनिक पार्टी बनाउँदै आर्थिक विकासलाई राजनीतिको केन्द्रमा राख्ने बताएका छन्। युवालाई प्रविधि, एआई र स्टार्टअपसँग जोडेर रोजगारी सिर्जना गर्ने तथा सातै प्रदेशमा उद्योग र लगानी विस्तार गर्ने उनको योजना छ।

उनले आन्तरिक लगानी प्रवर्द्धन, विदेशी लगानी आकर्षण, सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकता दिने बताएका छन्। अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर कांग्रेसलाई रूपान्तरण गर्ने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?