National life

परिवर्तनको अग्रस्थानमा विनोद चौधरी : विश्वप्रकाश शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१४ फागुन २०८२, बिहिबार
1.4kShares
परिवर्तनको अग्रस्थानमा विनोद चौधरी : विश्वप्रकाश शर्मा
ncell

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको रूपान्तरणमा विनोद चौधरीको भूमिका अग्रस्थानमा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा उनको जितलाई “अनिवार्य” बताएका छन्।

आज पश्चिम नवलपरासी क्षेत्र नं १ बर्दघाट–१२ मा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै शर्माले यस क्षेत्रका कांग्रेसी उमेदवार विनोद चौधरी रुपान्तरित कांग्रेसको महत्वपूर्ण अंग रहेको समेत बताए।

“अहिले कांग्रेस बदलिएको छ, र कांग्रेसमा परिवर्तन ल्याउन विनोद चौधरीको भूमिका अग्रस्थानमा छ,ू उनले भने। शर्माका अनुसार चौधरीले पूर्ण कार्यकाल काम गर्ने अवसर नपाए पनि छोटो अवधिमै उल्लेखनीय काम गरेर देखाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चौधरीको प्रतिबद्धताको उदाहरण दिँदै शर्माले भने, “हामीले उहाँलाई संसदमा चाहिने मान्छे हो, काठमाडौंबाट लड्नुस् भन्यौं। तर उहाँले भन्नुभयो — ‘म पश्चिम नवलपरासीबाटै लड्छु, त्यहाँ धेरै विकास गर्नु छ।’” शर्माले यसलाई चौधरीको क्षेत्रप्रतिको निष्ठा र विकासप्रतिको दृढ संकल्पको प्रमाणका रूपमा व्याख्या गरे।

सम्बोधनका क्रममा शर्माले आगामी निर्वाचनलाई सामान्य जित–हारको प्रतिस्पर्धा नभई देशको विषम परिस्थितिलाई कसले सम्हाल्न सक्छ भन्ने क्षमताको परीक्षा भएको बताए। “यो चुनाव जीत र हारको चुनाव होइन, यो चुनाव कसले देशको विषम परिस्थितिलाई सम्हाल्न सक्छ भन्ने चुनाव हो,” उनले भने।

भदौ २३ र २४ को ‘जेन जी आन्दोलन’ले खोजेको परिवर्तन दल, काम गर्ने शैली र प्रशासनिक संरचनामा देखिनुपर्ने उल्लेख गर्दै उनले भने, “जो आफैं परिवर्तन हुन सक्छ, उसैले परिवर्तन ल्याउन सक्छ।”

देशको खलबलिएको अवस्थालाई स्थिरता दिन सक्ने क्षमता केवल कांग्रेस सँग रहेको दाबी गर्दै शर्माले कांग्रेसले नेता देखि नेतृत्वसम्म आफूलाई रूपान्तरण गरेको बताए।

ध्चष्तभ तय द्यष्वबथब च्बव एजगथब
ि

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?