National life

भिजिट भिसा प्रकरण: अध्यागमन अधिकृतसहित चार जनालाई थुनामा पठाउन आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
489Shares
भिजिट भिसा प्रकरण: अध्यागमन अधिकृतसहित चार जनालाई थुनामा पठाउन आदेश
ncell

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जनाएको छ । उक्त प्रकरणमा अन्य ६ जनासँग भने अदालतले धरौटी माग गरेको छ ।

उक्त प्रकरणमा पक्राउ परेकी गीता शाहसँग पाँच लाख, पदम लामासँग एक लाख, विनोद कार्कीसँग दुई लाख तथा दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग सात सात लाख र रविन अर्यालसँग एक लाख धरौटी माग गर्ने आदेश दिएको छ।

Royal Enfield
nic asia capital

भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते सरकारी कागजात किर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?