National life

मानव तस्करीविरुद्धको प्रतीक ‘निलो रिबन’ लगाएर रास्वपा सांसदहरू संसद् भवन प्रवेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
552Shares
मानव तस्करीविरुद्धको प्रतीक ‘निलो रिबन’ लगाएर रास्वपा सांसदहरू संसद् भवन प्रवेश
ncell

काठमाडौँ। रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै  ‘निलो रिबन’ लगाएर विरोध गरेका छन् ।

भिजिट भिसाको आवरणमा मानव तस्करी भएको रास्वपाको आरोपको छ। यही विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको रास्वपाले विरोधको नयाँ नयाँ शैली अपनाएको छ ।

आज पनि प्रतिनिधि सभाको बैठक बस्नु अगाडि रास्वपाका सांसदहरूले संसद् भवनअघि निलो रिबन भिरेर सामूहिक तस्बिर खिचाएका हुन्।

Royal Enfield
nic asia capital
यही सामूहिक तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेखेका छन्, ‘आन्दोलन जारी छ।’

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?