National life

मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक छ, निजी क्षेत्र सम्हालिएर अघि बढ्नुपर्छ : अध्यक्ष ढकाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
426Shares
मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक छ, निजी क्षेत्र सम्हालिएर अघि बढ्नुपर्छ : अध्यक्ष ढकाल
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको बताउँदै निजी क्षेत्र सम्हालिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताए । ढकालले भने ‘मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा छ, चाहे हामी हाम्रा नीतिगत कारण भनौं वा कोभिडको कारण या विश्वव्यापी रुपमा देखिएको संकट या श्रीलंकाको डर देखाएर ल्याइएको नीतिका कारण अर्थतन्त्र अप्ठेरोमा परेको छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले आफूहरुको नेतृत्त्व आइसकेपछि निजी क्षेत्रले बलियो गरी आफ्ना कुराहरु अघि सारेको बताए । ‘सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो,’ उनले भने, ‘समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामकीय निकाय सबै एकैठाउँमा आउनुको विकल्प छैन ।’

उनले पदबहाली गरेको चार महिनामै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, पूर्वप्रधानमन्त्री दलका प्रमुख सचेतक, सांसदलगायत समक्ष आफूहरु पुगेर पछिल्लो अवस्थाका बारेमा स्मरण गराएको बताए । ‘त्यही कारण कतिपय विधेयक अहिले संसदमा पुगेका छन् तर हामी अझै ढुक्क चाहिँ छैनौँ,’ उनले भने ।

उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे । पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठ्याराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि उनले बताए ।

‘अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन,’ उनले भने, ‘अहिले समस्या सबैको साझा हो, सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन ।’

 

यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?