National life

विधानमा शंशोधन गर्दै महासंघले हटायो वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
532Shares
विधानमा शंशोधन गर्दै महासंघले हटायो वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ आफ्नो विधानमा शंशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाएको छ ।

यो सँगै महासंघको अध्यक्ष चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुने भएको छ । मंगलबार बसेको महासंघको विशेष साधारणसभाले यस सम्बन्धी निर्णय गर्दै आगामी अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको हो ।

तर, हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने स्वतः अध्यक्ष बन्नेछन् । उनीपछिका अध्यक्ष भने प्रत्यक्ष चुनावमार्फत चयन हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै अब वरिष्ठ उपाध्यक्ष पनि कार्यसमितिबाट चयन गरिने व्यवस्था गरिएको छ। महिला सहभागितालाई प्राथमिकता दिँदै कार्यसमितिमा महिला उपाध्यक्ष राख्नुपर्ने व्यवस्था समेत महासंघको शंशोधित विधानमा गरिएको छ ।

महिला उपाध्यक्ष पनि कार्यकारिणी समितिबाट चयन गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?