काठमाडौं। शिवम् होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
गत आर्थिक वर्ष २०८०/ ८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश पारित गर्न कम्पनीले असोज ३० गते अनामनगर काठमाडौंमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।




































