National life

शेयर बजारमा करेक्सन: १२ उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
705Shares
शेयर बजारमा करेक्सन: १२ उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ । यस साताको लागि अन्तिम कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन फराकिलो अंकले बढेको शेयर बजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ ।

दशैंको मुखमा नै उच्च अकंले बढेको बजारमा गिरावट आउँदा लगानीकर्तामा निराशा छाएको छ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष चयन हुने विषयले ऊर्जा जगाएको बजारमा आज गिरावट आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० २६.०७ अकंले घटेर २५९७.४९ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन फाइनान्स समूहको शेयर मूल्यमा मात्र सुधार दिएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक भने राताम्य भएका हुन् । यसदिन ५४ कम्पनीको शेयर मूल्य बढ्दा १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

बजारमा गिरावट आउँदा थ्रीस्टार हाइड्रोपावर र स्वराजगार लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, इष्टर्न हाइड्रोपावर, अपरहेवाखोला हाइड्रोपावरलगायतको कम्पनीको सेयर मूल्य बढेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?