National life

शेयर बजारमा गिरावट १३ वटै उपसूचक राताम्य, १० अर्बमा ओर्लियो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
507Shares
शेयर बजारमा गिरावट १३ वटै उपसूचक राताम्य, १० अर्बमा ओर्लियो कारोबार
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबारका दिन सुधार आएको शेयर बजारमा आज पुनः गिरावट आएको हो ।

बजारको चलखेलको निरन्तरता र लगानीकर्ताको मनोबल कमजोर बन्दा  बजार ओरालो लागेको विश्लेषकहरूको भनाई छ । यसबिच, लगानीकर्ताले बजारको वर्तमान स्थितिलाई ध्यानमा राख्दै आफ्नो लगानी रणनीति पुनरावलोकन गर्नुपर्ने देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा कायम भएको छ। आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको हो।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.९३ प्रतिशत, विकास बैंक समूहको २.५१ प्रतिशत, फाइनान्स समूहको ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६८ प्रतिशत गरी १३ वटै सूचक राताम्य भएका हुन् ।

बजारमा गिरावट आउँदा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको । यस दिन २१९ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?