काठमाडौँ। शेयर बजारमा निरन्तर गिरावट आएको छ । अस्वाभाविक रूपमा उचालिएको बजार निरन्तर ओरालो लागि रहँदा लगानीकर्ताको मनोबल थप कमजोर बनेको छ ।
शेयर बजारलाई मद्दत गर्ने सबै सूचक सकारात्मक रहेको बेला समेत बजार ओरालो लाग्दा लगानीकर्तामा चरम निराशा थपिएको छ । नियामक निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सूचना जारी गर्दै लहलहैमा शेयर खरिद नगर्ने आग्रह गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ। आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको हो।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । यस दिन बैंकिङ समूहको २ प्रतिशत, विकास बैंक समूहको ३.०३ प्रतिशत, फाइनान्स समूहको ४.६० प्रतिशत, होटल तथा पर्यटन समूहको २.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
उक्त दिन बजारमा गिरावट आउँदा हिमालयन रिइन्स्योरेन्सको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, नेपाल फाइनान्स, बुद्धभुमी नेपाल , श्वेतगंगा हाइड्रोपावरलगायतका कम्पनीहरुको सेयर मूल्य उच्च दरमा बढेको छ ।



































