काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा सन्दीप अधिकारी नियुक्त भएका छन् ।
आइतकार दिउँसो बसेको कम्पनी सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनीले इलाममा ९ दशमलव ६ मेगावाटको सुपर माई हाइड्रो प्रोजेक्ट सञ्चालन गर्दे आएको छ । बैठकले सञ्चालकमा सुदत्त लामालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।





































