काठमाडौं। अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासनक प्रस्ताव सहित फागुन २३ गतेका लागि बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासनका लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।
सेयरको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धक र अण्डरराइटर नियुक्त गर्ने प्रस्ताव रहेको छ भने सेयरको सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने प्रस्ताव रहेको छ ।
सभामा सञ्चालकहरुको पारीश्रमिक र भत्ता सम्बन्धमा, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा, प्रबन्धपत्रको दफा ६ को उपदफा (ङ) संशोधन सम्बन्धि प्रस्ताब उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा, कम्पनी ऐन, २०६३ को दफा ९३ अन्तर्गतका कारोबारहरु छलफल तथा पारीत गर्ने सम्बन्धमा छलफल हुने कम्पनीले जनाएको छ ।
सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७९-२०८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्ने सम्बन्धमा,लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमीक निर्धारण गर्ने सम्बन्धमा, संचालक समितिको गठन गर्ने सम्बन्धमा छलफल हुनेछ ।

































