काठमाण्डौ। साउन महिनाका लागि ग्लोबल आइएमई बैंकले ब्याजदरमा कटौति गरेको छ। बैंकले व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर घटाएको छ।
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ।
असार महिनाका लागि भने बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर क्रमशः६.५ र ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।
त्यस्तै साउन महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपमा पैसा राख्ने अब ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर पाउने भएका छन् ।
संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १ वर्षसम्मका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षका लासग ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ ।































