National life

साउन महिनाका लागि ब्याजदर घटाएको माछापुच्छ्रे बैंकको अन्य वित्तीय विवरण कस्तो छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
521Shares
साउन महिनाका लागि ब्याजदर घटाएको माछापुच्छ्रे बैंकको अन्य वित्तीय विवरण कस्तो छ ?
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ ।

बैंकले साउनमा मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ७ प्रतिशत, संस्थागतमा अधिकतम ५.२५ प्रतिशत र रेमिटेन्समा अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकले अघिल्लो महिनामा व्यक्तिगतमा अधिकतम ७.५० प्रतिशत, संस्थागतमा अधिकतम ५.७५ प्रतिशत र रेमिटेन्समा अधिकतम ८.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

Royal Enfield
nic asia capital

बैंकले साउनमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनामुनि अवधिका लागि ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षमुनि अवधिका लागि ६ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनि अवधिका लागि ६.५० प्रतिशत र ३ वर्ष र सोभन्दा माथि अवधिका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागततर्फ ६ महिनादेखि १ वर्षमुनि अवधिका लागि ४.२५ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनि अवधिका लागि ४.७५ प्रतिशत र ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

त्यस्तै बैंकले रेमिटेन्सतर्फ ३ महिनादेखि ६ महिनामुनि अवधिका लागि ६.५० प्रतिशत, ६ महिनादेखि १ वर्षमुनि अवधिका लागि ७ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनि अवधिका लागि ७.५० प्रतिशत र ३ वर्ष र सोभन्दा माथि अवधिका लागि ८ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले साउनमा साधारण बचत खातामा ३ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिनाका लागि बैंकले ३.५० प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?