National life
cg eloctronics

साताको समीक्षा: शेयर बजारमा २ प्रतिशतले गिरावट,कसले कति कमाए कति गुमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असार २०८१, शनिबार
527Shares
साताको समीक्षा: शेयर बजारमा २ प्रतिशतले गिरावट,कसले कति कमाए कति गुमाए ?
ncell

काठमाडौँ । साताभरमा भएको कारोबारमा यस साता नेप्से परिसूचक २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २११२.२९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.०८ प्रतिशत अर्थात् ४३.९८ अंक घटेर २०६८.३१ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साताभरमा भएको ४ कारोबारका लागि बजार खुलेको छ। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। यस साताको बुधवार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको हो।

यस साता सेन्सेटिभ इन्डेक्स २.४४ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स २.२० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६३ प्रतिशत घटेको छ। नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २० करोडको शेयर कारोबार भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.४९ प्रतिशत घटेको हो। त्यस्तै, यस साता नेप्सेको दैनिक औषत शेयर सङ्ख्या २२.०९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार सङ्ख्या २१.३१ प्रतिशत घटेको छ।

nic asia capital

गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ६९ अर्ब घटेर ३२ खर्ब ७९ अर्बमा झरेको छ। १३ उपसमूहमध्ये यस साता वित्त उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक २.६४ प्रतिशत बढेको छ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३२.९७ अंक घटेको छ। यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६२ हजार ३३८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक २६.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १४ प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयर मूल्य करिब १२ प्रतिशत बढेको छ। कारोबारमा आएको भगवती हाइड्रोपावरको शेयर मूल्य यस साता सर्वाधिक १६ प्रतिशत घटेको छ। त्यसै गरी, यस साता मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १५.७६ प्रतिशत घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?