National life

साहस उर्जाको ८.४२१ प्रतिशत लाभांश घोषणा, हकप्रद सेयर गर्न सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
1.3kShares
साहस उर्जाको ८.४२१ प्रतिशत लाभांश घोषणा, हकप्रद सेयर गर्न सभा आह्वान
ncell

काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ । त्यस प्रस्ताप पारित गर्नका लागि कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएको छ। सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ। साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?