काठमाडौँ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७-७८ र २०७८- ७९ का लागि लाभांश घोषणा गरेको हो । बैठकले चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो।
प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई आवको साधारण सभा समेत आह्वान गरेको छ। कम्पनीको उक्त साधारण सभा आगामी वैशाख ३१ गते ललितपुरेको नेवा ब्याम्बो कटेजमा आयोजना हुनेछ ।
सभामा चालु आवका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयर धनीतर्फको सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
त्यस्तै उक्त सभामा लाभांशको प्रस्ताव पारित गरिनुका साथै आव २०७७-७८ र २०७८-७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७७-७८ र २०७८-७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भएका शेयर धनीहरू मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।

































