National life

सिटिजन्स बैंकको 'पार्टनर फर प्रोग्रेस' भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
407Shares
सिटिजन्स बैंकको 'पार्टनर फर प्रोग्रेस' भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
ncell

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत जेठ र असार महिनामा आयोजना गरेको पार्टनर फर प्रोग्रेस तथा हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ।

आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन यस्ता विविध कार्यक्रम गर्दै आएको सिटिजन्स बैंकले व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो।

प्रतियोगिताको समाप्तिसँगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मानस्वरुप चेक हस्तान्तरण गरेका हुन्।

उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
407SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?