काठमाडौं । मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आज सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।सुनको मूल्यले आज यस अघिको प्रति तोला एक लाख १७ हजार तीन सयको अल टाइम हाई रेकर्ड टोडेको हो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी पनि आज इतिहासकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।




































