National life
cg eloctronics

सेयरमा दोहोरो अंकको वृद्धि, २३ अर्ब बढीको कारोबार, दश उपसूचक हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
532Shares
सेयरमा दोहोरो अंकको वृद्धि, २३ अर्ब बढीको कारोबार, दश उपसूचक हरियाली
ncell

काठमाडौं । साताको चौथो कारोबारका दिन नेप्सेमा फेरि सुधार आएको छ । अघिल्लो दिन करेक्सन आएको पुँजि बजारमा आज सुधार देखिएको हो । उक्त दिन बजार ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दिनभर उतारचढाव आएको बजारमा दाहोरो अंकको सुधार आएको हो । आज नेप्सेमा कारोबार भएको आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा बढोत्तरी आउँदा दश वटा उपसूचक हरियाली भएको छ ।आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै दोस्रो स्थानमा सर्वाधिक कारोबार सहित शिभम् सिमेन्टको ८४ करोड २९ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन अपी पावर कम्पनीको ७५ करोड ५९ लाख ४६ हजार रुपैयाँ, नेपाल फाइनान्सको ६१ करोड ६४ लाख ७ हजार रुपैयाँ कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?