काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले तेस्रो पक्ष बीमा गर्ने बीमितको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाबाट बाइकको तेस्रो पक्ष बीमा गरेका बीमित गंगा काफ्लेको बीमा दाबी बापत पाँच लाख रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीले फालेलुङ गाउँपालिका ५ पाँचथर निवासी सनम मगरको बाइक दुर्घटना भई गंगा काफ्लेको निधन भए पश्चात् तेस्रो पक्ष दायित्व अन्तर्गत मृत्यु दाबी भुक्तानी बापत ५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको फिदिम शाखा कार्यालयले जनाएको छ ।
उक्त दाबी भुक्तानी बीमितले भने बमोजिम मृतक गंगा काफ्लेको श्रीमती झरना राईलाई चेक हस्तान्तरण गरेको हो ।
बीमाले अप्रत्याशित घटनाहरू विरुद्ध सुरक्षा प्रदान गर्दछ, र घाटाको अवस्थामा आर्थिक कठिनाइबाट बच्न मद्दत गर्दछ । त्यसैले भोलिको सहजताको लागि आजै बीमा गर्न फिदिम शाखाले नागरिकलाई आग्रह गरेको छ ।




































