काठमाडौं । दुुईदिन सार्वजनिक बिदापछि खुलेको शेयर बजारमा आज बुधबारका दिन सामान्यअंको सुधार आएको छ । उक्त दिन बजार २.११अंकले बढेर २९६८.४४ को विन्दुमा कायम भएको छ ।
बजारमा सामान्य सुधार आउदा उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज कम्पनीको ६६ करोड २ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबारको आधारमा यस कम्पनी दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै उक्त दिन एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३६ करोड ८० लाख ६५ हजार रुपैयाँ कारोबार भएको हो ।





































