National life

१० महिनाको अवधिमा ६ लाख बढी मान्छे काम गर्न विदेश गए, कुन महिना कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ जेठ २०८१, मङ्गलबार
604Shares
१० महिनाको अवधिमा ६ लाख बढी मान्छे काम गर्न विदेश गए, कुन महिना कति ?
ncell

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ६ लाख ९ हजार ७०५ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ७.६५ प्रतिशतले कम हो । यसअघि अघिल्लो आर्थिक वर्ष २०७९–०८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट ६ लाख ६० हजार २५५ जनाले श्रम स्वीकृति लिएका थिए ।

Royal Enfield
nic asia capital

विभाग दिएको सुचना अनुसार २०८० साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ र मंसिरमा ७१ हजार २७६, जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यसैगरी, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा, ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र वैशाखमा ७० हजार ६३७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार यो संख्या नयाँ श्रम स्वीकृति लिएर पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?