National life
cg eloctronics

टर्कीमा ४८ नेपाली कामदार अलपत्र, एजेन्ट वीरेन्द्र, निश्चल र बालकृष्णमाथि ठगीको आरोप

रोजगारीको सपना बोकेर टर्की पुगेका ४८ नेपाली अलपत्र, कसले लिन्छ जिम्मेवारी?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
5.1kShares
टर्कीमा ४८ नेपाली कामदार अलपत्र, एजेन्ट वीरेन्द्र, निश्चल र बालकृष्णमाथि ठगीको आरोप
muktinatha bikash bank

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा टर्की पुगेका ४८ जना नेपाली कामदारहरू गम्भीर बिचल्लीमा परेका छन्। एजेन्टहरू वीरेन्द्र नरल, निश्चल गौडेल र बालकृष्ण पराजुलीले विभिन्न प्रलोभन र झुटा आश्वासन दिई टर्कीको उसाक (Usak) स्थित 'उसाक सैरामिक' (USAK SERAMIK) कम्पनीमा पठाएका कामदारहरू विगत दुई महिनादेखि तलब नपाई अलपत्र परेका हुन्।

पिडित कामदारहरूले टर्कीबाट संयुक्त रूपमा हस्ताक्षर गरी पठाएको ध्यानाकर्षण पत्र अनुसार, एजेन्टहरूले युरोप जानका लागि सहज माध्यम भएको र आकर्षक कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई त्यहाँ पुर्‍याएका थिए। तर त्यहाँ पुगेपछि सम्झौता अनुसारको काम नदिई अन्य कठिन काममा लगाइएको र हाल कम्पनी नै बन्द अवस्था (ब्ल्याकलिस्ट) मा पुगेको कामदारहरूको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मुख्य समस्या र गुनासोहरू:

everest bank

खानपिन र बसोबासको समस्या: नेपाली कामदारका लागि उपयुक्त खानपिन र बसोबासको व्यवस्था नमिल्दा दैनिकी कष्टकर बनेको छ।

तलब तथा समयको अनिश्चितता: २ महिना बितिसक्दा पनि कामदारहरूले तोकिएको तलब पाएका छैनन्। साथै, कामको निश्चित समय र कामको प्रकृति स्पष्ट पारिएको छैन।

उपचार र उद्धारमा बेवास्ता: पिडितमध्येका एक कामदार पदमराज पोखरेल डेढ महिनादेखि गम्भीर बिरामी पर्दासमेत कुनै उपचार नपाएको र घर फर्कन खोज्दा एजेन्टले फोन नउठाई सम्पर्कविहीन बनेको पत्रमा उल्लेख छ।

कानूनी प्रक्रिया र चेतावनी:

पिडितहरूले आफ्नै खर्चमा पनि उपचार पाउन नसकेको र भविष्य अन्योलमा परेकाले आफूहरू घर फर्कन बाध्य भएको बताएका छन्। कामदारहरूले जिल्ला प्रशासन कार्यालय, वैदेशिक रोजगार विभाग, अन्तर्राष्ट्रिय प्रहरी संगठन (Interpol) तथा मिडियामार्फत कानूनी कारबाही अघि बढाउने चेतावनी दिँदै सकुशल स्वदेश फिर्ता र लागेको सम्पूर्ण खर्च क्षतिपूर्तिसहित उपलब्ध गराउन माग गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
5.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?