National life

वैदेशिक रोजगार व्यवसायी सङ्घमा खत्रीको नेतृत्व, प्यानलको दबदबा

नयाँ नेतृत्व चयनसँगै वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार र व्यवसायीका समस्याहरू समाधान हुने अपेक्षा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
1.4kShares
वैदेशिक रोजगार व्यवसायी सङ्घमा खत्रीको नेतृत्व, प्यानलको दबदबा
ncell

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्व चयन भएको छ, जसमा डिकबहादुर खत्री ‘कुमार’ अध्यक्ष पदमा विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धीहरूलाई उल्लेखनीय मतान्तरले पछि पार्दै नेतृत्व हात पारेका हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार खत्रीले ३४७ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत पाए भने हरिबहादुर पाण्डे क्षेत्री १७० मतमा सीमित भए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुरुदेखि नै अग्रता लिएका खत्रीले अन्त्यसम्म आफ्नो पकड कायम राखेका थिए।

अध्यक्ष पदसँगै अन्य पदाधिकारीहरूमा पनि खत्री प्यानलकै प्रभाव देखिएको छ। प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत २४१ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कर्णराज कटुवालले २३१ मत र सन्जु गुरुङले २२८ मत प्राप्त गरेका छन्।

द्वितीय उपाध्यक्ष पदमा अनिल बोगटी ३१५ मतसहित विजयी बने भने रविन मेगाले मगरले २०५ र बालकृष्ण श्रेष्ठले १६८ मत पाए। तृतीय उपाध्यक्ष पदमा भने निकै कडा प्रतिस्पर्धा देखिएको थियो, जहाँ लक्ष्मण पौडेलले २५९ मत ल्याउँदै जीत हात पारे। उनका निकटतम प्रतिस्पर्धी तुलसीराम पुरी २५६ मतसहित थोरै मतान्तरले पराजित भए भने कृष्ण ढकालले १७२ मत प्राप्त गरे।

महासचिव पदमा हरि डाँगी २७३ मत ल्याएर विजयी भए। नुर महमद मियाले २४९ मत र अमर प्रकाश तिवारीले १६३ मत प्राप्त गरेका छन्। सचिव पदमा केदारनाथ अधिकारी २९४ मतसहित निर्वाचित भए भने कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मतसहित विजयी भएकी छन्।

कार्यसमिति सदस्यहरूमा पनि खत्री प्यानलले बलियो उपस्थिति देखाएको छ। कुल १० सदस्य पदमध्ये ८ पदमा सोही प्यानलका उम्मेदवार विजयी भएका छन्।

नयाँ नेतृत्व चयनसँगै वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार र व्यवसायीका समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?